ग्लोबल आईएमई बैंकको सेयर धितो कर्जा ५० लाखसम्मको कर्जा अनलाईन बाटै

हिमाल प्रेस ७ पुष २०८२ २०:१४ | Monday, December 22, 2025
16
SHARES
ग्लोबल आईएमई बैंकको सेयर धितो कर्जा ५० लाखसम्मको कर्जा अनलाईन बाटै

काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन्। ग्राहकहरुले कर्जा स्विकृती अवधिसम्ममा एकपटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्ने छ।

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन्।

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम ५० लाखसम्म तोकिएको छ।

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनुपर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन।

ग्राहकहरुले यस सुविधा बैंकको ३१ वटा शाखा कार्यालयबाट सहज रुपमा पाउनेछन्। तसर्थ, कर्जा लिन इच्छुक ग्राहकहरुले अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा कार्यालय छनौट गर्न सक्नेछन्।

यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध छ।

प्रकाशित: ७ पुष २०८२ २०:१४ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast