 
                             
                                            काठमाडौँ– अर्थ मन्त्रालयले खर्च घटाउन मातहतका निकायलाई १७ बुँदे निर्देशन दिएको छ। ‘खर्च घटाउनेसम्बन्धी मापदण्ड-२०७९’मार्फत अर्थ मन्त्रालयले बोतलको पानी प्रयोग नगर्नेदेखि अति आवश्यक बाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्नेसम्मको बुँदा समेटेको छ।
कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेटलगायत फर्निसिङको सामग्रीको उच्चतम् प्रयोग गर्ने, सम्भव भएसम्म नयाँ सामान खरिद नगर्ने र किफायति सामानको प्रयोग गर्ने अर्थले जनाएको छ।
मन्त्रालयले छाप्ने बजेटसम्बन्धी पुस्तकलगायतका सामग्री डिजिटल रूपमा मात्रै प्रकाशन गर्ने पनि जनाएको छ।
त्यसका साथै अति आवश्यक बाहेकका सेमिनार र तालिम आयोजना नगर्ने, गर्नैपर्ने भए आफ्नै भवन प्रयोग गर्नेलगायत विषयमा अर्थ मन्त्रालयले खर्च कटौती गर्ने जनाएको छ।
                            प्रकाशित: ५ माघ  २०७९ १७:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 