‘गठबन्धन टुटाउने अबको मिसन राष्ट्रपति चुनाव’

हिमाल प्रेस ५ माघ २०७९ १६:१७ | Thursday, January 19, 2023
‘गठबन्धन टुटाउने अबको मिसन राष्ट्रपति चुनाव’ चन्द्र भण्डारी। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन्।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार बनाउने बेला माओवादीसहितका आफूहरूको गठबन्धन टुटाएकाले अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वाभाविकै भएको प्रतिक्रिया दिएका हुन्।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई मिसन बनाएर सो काम अघि बढाउने पनि स्पष्ट पारे। उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौँ। त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोचिन्छ नि!’

उनले गठबन्धन हुने र टुटाउने निरन्तर चलिरहने प्रक्रिया रहेको बताए। भण्डारीले भने, ‘यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो। त्यस कारण मिसन सभामुख थियो। त्यो भएन। अब मिसन राष्ट्रपति पनि हुन्छ। यसमा कुनै शंका नै भएन नि।’

प्रकाशित: ५ माघ २०७९ १६:१७ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast