संखुवासभामा भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

हिमाल प्रेस ३ पुष २०८२ १६:२८
32
SHARES
संखुवासभामा भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौँ- कोशी प्रदेशको संखुवासभा जिल्लास्थित चिचिला गाउँपालिका–३ मा नवनिर्मित दिदिङ आधारभूत विद्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गरेका हुन्।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत विद्यालय भवन निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार आयोजनाको कार्यान्वयन स्थानीय तहमा चिचिला गाउँपालिकामार्फत गरिएको थियो। सन् १९६२ मा स्थापना भएको यस विद्यालयमा हाल प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेर्पा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरे।

भारतीय दूतावासका अनुसार यो परियोजनाले नेपाल र भारतबीचको गहिरो तथा बहुक्षेत्रीय सहकार्यलाई थप मजबुत बनाएको छ।

‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ ले नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा भौतिक पूर्वाधारको विकास गरी भुइँतहका जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने र नेपाल सरकारको विकास प्रयासमा सहयोग गर्ने भारत सरकारको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको दूतावासको भनाइ छ।

प्रकाशित: ३ पुष २०८२ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast