विश्व चर्चित १०० तस्बिरमा नेपालका दुई तस्बिर

हिमाल प्रेस २ पुष २०८२ २३:०७ | Wednesday, December 17, 2025
46
SHARES
विश्व चर्चित १०० तस्बिरमा नेपालका दुई तस्बिर

काठमाडौँ- सन् २०२५ लाई चिनाउने विश्वका एक सयवटा तस्बिरमा नेपालका दुई तस्बिर परेका छन्। अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले वर्षभर छानेका चर्चित एक सय तस्बिरको सूचीमा नेपालमा दुईवटा समावेश भएका हुन्। एउटा तस्बिर जेनजी आन्दोलनसँग सम्बन्धित छ भने अर्को सगरमाथा आरोहीसँग सम्बन्धित छ।

भ्रष्टाचारविरुद्ध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा काठमाडौँमा भदौ २४ मा आन्दोलन चर्किएको थियो। प्रदर्शनका क्रममा प्रहरीबाट खोसेको ढाल बोकेर र फ्ल्याक ज्याकेट लगाएका एक प्रदर्शनकारी सिंहदरबार बाहिर नाराबाजी गरिरहेको तस्बिर एपीको पहिलो नम्बरमा छ। उक्त तस्बिर निरञ्जन श्रेष्ठले खिचेका हुन्।

काठमाडौँमा सेप्टेम्बर ९, २०२५ मा भएको प्रदर्शनका क्रममा प्रहरीबाट खोसेको ढाल बोकेर र फ्ल्याक ज्याकेट लगाएका एक प्रदर्शनकारी सिंहदरबारबाहिर नाराबाजी गर्दै। तस्बिर : एपी/रासस

यसैगरी सगरमाथा आधार शिविरमा चुचुरोमा पुग्ने अभियानमा संलग्न टोलीका सदस्यहरू आफ्ना पालहरू छेउ उभिएको अर्को तस्बिर पनि २०२५ मा लोकप्रिय रहेको छ। उक्त तस्बिर पासाङ रिन्जी शेर्पाले खिचेका हुन्। सूचीमा समावेश अन्य तस्बिरहरू युद्ध, दैवी विपत्ति र मानवीय संकटसँग सम्बन्धित छन्।

सगरमाथा आधार शिविरमा अप्रिल २८, २०२५ मा आफ्ना पालछेउ उभिएका चुचुरोमा पुग्ने अभियानमा संलग्न टोलीका सदस्यहरू। तस्बिर : एपी/रासस

अन्य तस्बिरहरू 

प्रकाशित: २ पुष २०८२ २३:०७ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast