आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

हिमाल प्रेस ५ माघ २०७९ १०:१६ | Thursday, January 19, 2023
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१०स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो जलेर मृत्यु भएको हो।

बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा जलेर उनको मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय ’क’ का डीएसपी दीपेन्द्र पञ्जियारको नेतृत्वमा गएको टोलीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने कार्य गरिरहेको छ। बिहीबार बिहान अत्याधिक जाडोका कारण अप्ठ्यारो भएपछि ८० वर्षीया यादवले पराल र रुखको हाँगा बालेर आगो सेकिरहेकी थिइन्।

प्रकाशित: ५ माघ २०७९ १०:१६ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast