जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका गजुरेल सहकारीको १६ लाख चोरीमा पक्राउ

हिमाल प्रेस २६ मंसिर २०८२ १९:५६ | Friday, December 12, 2025
24
SHARES
जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका गजुरेल सहकारीको १६ लाख चोरीमा पक्राउ

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक युवकलाई प्रहरीले सहकारीको १६ लाख रुपैयाँ चोरीको आरोपमा पक्राउ गरेको छ। प्रहरीले नुवाकोट बेलकोट नगरपालिका–९ घरभई काठमाडौँको ठमेल बस्ने २८ वर्षीय दिपक गजुरेललाई पक्राउ गरेको हो।

२२ वटा मुद्दा लागेर केन्द्रीय कारागारमा रहेका उनी जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले गजुरेललाई शुक्रबार काठमाडौँको सोह्रखुट्टेबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार गजुरेललाई १० लाख २३ हजार ५ सय नगदसहित प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ–९ सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट मंसिर २४ गते राति करिब १२ : ४५ बजे करिब १६ लाख रुपैयाँ चोरी भएको थियो। सहकारी संस्थाले दिएको आधारमा गौशाला प्रहरीको टोलीले खोजबिन सुरू गरेको थियो। यही क्रममा गजुरेल पक्राउ परेका हुन्।

गजुरेलमाथि यसअघि पनि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहारलगायतका २२ वटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।

उनको साथबाट १० लाख २३ हजार ५ सय नगदसहित चोरी गर्दा प्रहयोग गरेको हरियो रङको हुडी, चाँदी जस्तो देखिने पायल दुई थान, क्यानन क्यामेरालगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८२ १९:५६ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast