साइन्स-फिक्सन जनरामा बन्यो नेपाली फिल्म ‘एक्लो’, यस्ताे छ ट्रेलर

हिमाल प्रेस २६ मंसिर २०८२ १६:५९ | Friday, December 12, 2025
14
SHARES
साइन्स-फिक्सन जनरामा बन्यो नेपाली फिल्म ‘एक्लो’, यस्ताे छ ट्रेलर

काठमाडौँ- फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।

फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्। फिल्ममा पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको निर्देशक शाहीले बताए। उनका अनुसार फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा प्रस्तुत गरेको छ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय छ। साथै बेलायती अभिनेता जेमी बेकन महत्वपूर्ण भूमिकामा छन्।

फिल्म काभ्रेको पनौती र मुस्ताङमा छायांकन गरिएको छ। साइन्स-फिक्सनमा आधारित ‘एक्लो’ आगामी पुस १७ देखि नेपालसहित विदेशमा प्रदर्शन हुनेछ।

यसअघि फिल्म विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा सहभागिता जनाएको थियो। कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गरेको थियो।

डिसेम्बर २८ तारिखको दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुँदै छ। एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

यस्ताे छ ट्रेलर

प्रकाशित: २६ मंसिर २०८२ १६:५९ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast