१४ सदस्यीय बन्यो कार्की सरकार, चारजनालाई एकभन्दा बढी मन्त्रालय

हिमाल प्रेस २६ मंसिर २०८२ १६:०८ | Friday, December 12, 2025
30
SHARES
१४ सदस्यीय बन्यो कार्की सरकार, चारजनालाई एकभन्दा बढी मन्त्रालय पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षसँग सामूहिक तस्बिर खिचाउँदै नवनियुक्त मन्त्रीहरू। तस्बिर : शीतल निवास

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकार १४ सदस्यीय बनेको छ। शुक्रबार थप चार मन्त्रीले शपथ लिएपछि मन्त्रिपरिषद् १४ सदस्यीय बनेको हो। राष्ट्रपति भवनमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्रिपरिषद्का चारजनाले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानमन्त्री कार्कीसँग परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको थप जिम्मेवारी छ। यसैगरी अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।

कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

सुशीला कार्की : प्रधानमन्त्री परराष्ट्र, रक्षा, खानेपानी
रामेश्वरप्रसाद खनाल : अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन
कुलमान घिसिङ : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
ओमप्रकाश अर्याल : गृह
अनिलकुमार सिन्हा : उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि
मदनप्रसाद परियार : कृषि तथा पशुपन्छी विकास
जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि
सुधा गौतम : स्वास्थ्य तथा जनसङ्ख्या
बब्लु गुप्‍ता : युवा तथा खेलकुद
कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
माधवप्रसाद चौलागाई : वन तथा वातावरण
श्रद्धा श्रेष्‍ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

प्रकाशित: २६ मंसिर २०८२ १६:०८ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast