अघिल्लो सरकारको प्रतिशोधको विषय यो सरकारले अनुसन्धान गरिदिनुपर्छ : विराजभक्त श्रेष्ठ

हिमाल प्रेस १४ मंसिर २०८२ १५:२७ | Sunday, November 30, 2025
12
SHARES
अघिल्लो सरकारको प्रतिशोधको विषय यो सरकारले अनुसन्धान गरिदिनुपर्छ : विराजभक्त श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले न्याय दिन ढिलाइ गर्नुु पनि अन्याय गर्नु भएको बताएका छन्। रास्वपा र विवेकशील साझाबीच भएको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले एक वर्षसम्म पनि मुद्दा टुंगो नलागेकोमा असन्तुष्टि व्यक्त गरे।

‘सबैले रवी खोजेका छन्, मुद्दाको फैसला पनि भएको छैन। एक वर्षसम्म पनि टुंगो नलागेको मुद्दामा  रवि दाइलाई यसरी राख्न मिल्छ?,’ उनले  भने, ‘न्याय ढिलो गरेर दिनु पनि अन्याय हो।’

उनले वर्तमान सरकारलाई निष्पक्ष अनुसन्धान गर्न पनि आग्रह गरे। ‘अघिल्लो सरकारको प्रतिशोधवाला कुरालाई यो सरकारले अनुसन्धान गरिदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो,’ उनले भने।

साथै उनले रास्वपा र विवेकशीलका साथीहरू मासुभात/पेट्रोल भनेर लाग्नेहरू नभएको बताएका छन्।

प्रकाशित: १४ मंसिर २०८२ १५:२७ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast