फरार कैदीबन्दी कोही आफैँ आउँछन्, कोहीलाई खोज्दै प्रहरी

हिमाल प्रेस १३ मंसिर २०८२ ६:५१ | Saturday, November 29, 2025
8
SHARES
फरार कैदीबन्दी कोही आफैँ आउँछन्, कोहीलाई खोज्दै प्रहरी

महोत्तरी- जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार छन्।

जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए। उनका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ।

कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो। जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए।

जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन्।

फरार कैदीबन्दीको खोजतलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए।

प्रकाशित: १३ मंसिर २०८२ ६:५१ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast