नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउने प्रयास गर्छु : परराष्ट्रमन्त्री विमला राई

हिमाल प्रेस ३ माघ २०७९ १४:५४ | Tuesday, January 17, 2023
नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउने प्रयास गर्छु : परराष्ट्रमन्त्री विमला राई

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छिन्। मंगलबार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताएकी हुन्।

परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको उनले बताइन्।

परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ। पौड्यालले नेपालको परराष्ट्रनीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताइन्। ‘आफू आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिनँ। नेपालको असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने हो। मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन,’ उनले भनिन्, ‘यति धेरै विज्ञहरु यहाँ हुनुहुन्छ। भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ। हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुत हुन्छौँ हाम्रो इमेज त्यही हो। नेपालको सीमा विवादहरुका विषयमा भने अहिल्यै बोल्नु हतार हुन्छ।’

दूतावासमा जाँदा घरमा गएजस्तो अनुभव हुनुपर्ने उनको भनाइ छ। नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरूमा नेपालीहरूको सहज पहुँच बनाउने प्रयास तत्कालै गर्ने उनको भनाइ छ।

प्रकाशित: ३ माघ २०७९ १४:५४ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast