एमसीसीका लागि अमेरिकाले थप्यो झण्डै ७ अर्ब रकम

हिमाल प्रेस ३ मंसिर २०८२ १५:०८
4
SHARES
एमसीसीका लागि अमेरिकाले थप्यो झण्डै ७ अर्ब रकम

काठमाडौँ- नेपाल र अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट  (एमसीसी) सम्झौतामा अमेरिकाले थप ५ करोड अमेरिकी डलर अर्थात् झण्डै ७ अर्ब रूपैयाँ अनुदान घोषणा गरेको छ।

यससँगै एमसीसी सम्झौताको कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। यसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ।

यो थप स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्ने अमेरिकी दूतावासले जनाएको छ।

ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ। उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरूको विस्तार पनि गर्ने दूतावासले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast