काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरलाई ५ विकेटले पराजित गर्दै काठमाडौँ विजयी भएको हो। एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा भइरहेको छ।
जनकपुरले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले पाँच विकेटको क्षतिमा विकेट गुमाएर पूरा गर्यो।
जनकपुरले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले पाँच विकेटको क्षतिमा विकेट गुमाएर पूरा गर्यो। काठमाडौँलाई सहज जित दिलाउन ओपनिङ गर्न आएका आकाश त्रिपाठी र बेन काल्र्सवोर्थको साझेदारीले मद्त पु¥यो। त्रिपाठीले ३९ रन बनाउँदा बने ४६ रन बनाएर आउट भए।
त्यस्तै भीम सार्कीले ३, मिलिन्द कुमारले १९, जौन सिम्पसन १३ रन बनाएर आउट भए भने गेरहार्ड एरास्मस १ र मोहम्मद आदिल आलम ८ रन बनाएर नटआउट रहे। दुई ओभर बाँकी छँदै काठमाडौँले जित निकालेको थियो।
जनकपुरका लागि किशोर महतो, अनिल साह, ललित राजवंशी, इटन र संजय कृष्णमुर्तिले १–१ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो।
जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। त्यस्तै मयन यादवले ३४ र लाहिरू समाराकुनले २२ रन बनाए। पहिलो संस्करणको फाइनलमा निर्णायक बनेका लहिरू मिलन्थाले भने दोस्रो संस्करणको उद्घाटन खेलमा निराशाजनक प्रदर्शन गरे।
मिलन्था ७ रन बनाएर आउट हुँदा कप्तान अनिल साह शून्य रन बनाएर डगआउट फर्किए। त्यस्तै जान निकोल लोफ्टि इटन २, संजय कृष्णामुर्ति २ र रुपेस सिंहले ४ रन बनाए।
काठमाडौँका लागि मिलिन्द कुमार ३, करण केसी, शहाब आलम र सन्तोष यादवले १–१ विकेट लिए।
एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछ। बिहान ११ः४५ बजे चितनव राइनोज र कर्णाली याक्स त्यस्तै अपराह्न ४ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ।


