त्रिविमा फल्ड लाइट जडानपछि शंकर पोखरेलले गरे ओलीको प्रशंसा

हिमाल प्रेस १ मंसिर २०८२ १०:३४ | Monday, November 17, 2025
6
SHARES
त्रिविमा फल्ड लाइट जडानपछि शंकर पोखरेलले गरे ओलीको प्रशंसा

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ‘सही निर्णय र दृढ संकल्पको प्रतीक’ भन्दै प्रशंसा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहल र क्रिकेट प्रेमीहरूका प्रयासप्रति बधाई व्यक्त गरेका छन्। महासचिव पोखरेलले लेखेका छन्, ‘सही निर्णय र दृढ संकल्पको प्रतीक त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, बधाई स्वप्नदृष्टा केपी शर्मा ओली र क्रिकेट प्रेमी सबैलाई।’

उनका अनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले नेपाली क्रिकेटको स्तर उकास्ने मात्र होइन, खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा बढाउने महत्त्वपूर्ण आधार बनेको छ।

एमाले अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी ओली पछिल्लो पटक प्रधानमन्त्री हुने बित्तिकै त्रिवि क्रिकेट रंगशालालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

प्रकाशित: १ मंसिर २०८२ १०:३४ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast