एनपीएलमा सुरक्षा व्यवस्था दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ३० कार्तिक २०८२ २०:२३ | Sunday, November 16, 2025
16
SHARES
एनपीएलमा सुरक्षा व्यवस्था दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन फाइल तस्बिर

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) का बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन्।

गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए।

‘पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने।

प्रकाशित: ३० कार्तिक २०८२ २०:२३ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast