काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा तोसिमा कार्कीलाई पठाउने भएको छ।
मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन्। प्रधानसहित गृहमन्त्रीको रूपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन्।
शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुन्। अर्याल भने समानुपातिक सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन्।
प्रकाशित: ३ माघ २०७९ ११:१५ | Tuesday, January 17, 2023
प्रतिक्रिया



