जेनजीका माग पूरा नभएसम्म निर्वाचन असम्भव : सुदन गुरुङ

हिमाल प्रेस २७ कार्तिक २०८२ १०:३७ | Thursday, November 13, 2025
20
SHARES
जेनजीका माग पूरा नभएसम्म निर्वाचन असम्भव : सुदन गुरुङ

काठमाडौँ- जेनजीका प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने बताएका छन्। लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले निर्माण गरेका संरचना भत्काउने क्रममा भेटिएका गुरुङले यस्तो बताएका हुन्। सरकारप्रति आक्रोश व्यक्त गर्दै उनले भने,‘हामीले राखेका मागहरू पूरा नभएसम्म कुनै पनि निर्वाचन सम्भव छैन।’

सबै जेनजीहरू एउटै उद्देश्यका लागि एकजुट रहेको बताउँदै उनले मागहरू पनि साझा रहेको बताए। ‘केहीबाहेक सबै जेनजीहरू एउटै ठाउँमा छौं, सबैका माग एउटै छन्। त्यसैले सरकारको जिम्मेवारी हुन्छ ती माग पूरा गर्ने,’उनले भने।

गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीसँग भएका सबै वार्तामा संलग्न रहेको बताउँदै माग पूरा नभए अर्को आन्दोलन अपरिहार्य हुने चेतावनी दिए। ‘हामीलाई गृहमन्त्रीले नै माग पूरा हुन्छ भनेर विश्वास दिलाउनुभएको थियो,’उनले भने,‘तर अहिले आएर चुनावको कुरा मात्रै गरेर जिम्मेवारीबाट पन्छिन खोज्नु गलत हो।’

उनले थप भने, ‘माग पूरा नभइकन कसरी चुनाव हुन्छ? गृहमन्त्रीज्यू, तपाईंले नै यसको जिम्मा लिनुपर्छ। जंगी अड्डादेखि राष्ट्रपतिको कार्यालयसम्म हामीसँगै हुनुभएको व्यक्ति अहिले किन मौन हुनुहुन्छ?’

प्रकाशित: २७ कार्तिक २०८२ १०:३७ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast