नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व संकलन

हिमाल प्रेस २७ कार्तिक २०८२ १०:२५ | Thursday, November 13, 2025
नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व संकलन

मुस्ताङ- नेपाल-चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व संकलन गरेको छ। उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो।

भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्। यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन्।

नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन्।

प्रकाशित: २७ कार्तिक २०८२ १०:२५ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast