बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल्दै नेपाली टोली

हिमाल प्रेस २७ कार्तिक २०८२ ८:०४
2
SHARE
बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल्दै नेपाली टोली फाइल तस्बिर

काठमाडौँ- नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ। खेल ढाकामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ।

नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालले यसपछि १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् । प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् ।

यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँदै जितका लागि खेल्ने बताए । उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत पुग्ने टिप्पणी गरे।

यसअघि गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । दुई खेल हुने तय भएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

प्रकाशित: २७ कार्तिक २०८२ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast