नयाँ सरकार बनेको २२ दिनपछि मिल्यो भागबन्डा

हिमाल प्रेस ३ माघ २०७९ ६:५३
8
SHARES
नयाँ सरकार बनेको २२ दिनपछि मिल्यो भागबन्डा

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार सत्ता साझेदार दलहरूका बीचमा संघीय मन्त्रालयको भागवन्डा मिलेको छ ।

‘मन्त्रालयको भागवन्डाका लागि सत्ता साझेदार दलहरुको बैठक पुनः बस्नुपर्ने छैन्। भोलि दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ हुन्छ ।’ अर्थात, २२ दिनपछि भागवन्डा मिलेको छ।

११ पुषमा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ ग्रहण गरे ।सोही दिन अन्य सात जना मन्त्रीले पनि शपथ लिए। तर, चार जना मन्त्रीले तीन साता सम्म त मन्त्रालयको जिम्मेवारी पाउन सकेनन् । कारण तीन साता सम्मै सत्ता साझेदार दलहरुका बीचमा शक्ति बाँडफाँड भएन।

प्रधानमन्त्री प्रचण्डले नै विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णतादिने बताएपछि सोहीअनुसार भागवण्डा पनि टुंगो लागेन। तर, सोमबारसम्म आइपुग्दा संघीय मन्त्रालयको भागबन्डा मिलेको हो।

नेताहरुका अनुसार नेकपा एमालेले ८ मन्त्री र दुई राज्यमन्त्रीलिने समझदारी छ । हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । तीनमन्त्रीले विभागीयमन्त्रीले जिम्मेवारी पाएका छैनन् । ८ मन्त्रालय पाउँदा एमालेका थप चार जना मन्त्री थपिनेछन् ।
नेकपामाओवादी केन्द्रले ४ मन्त्री र एक राज्यमन्त्रीपाउने समझादारी छ । माओवादीबाट उपप्रधानमन्त्रीभएका नारायणकाजी श्रेष्ठले भौतिकपूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३ मन्त्रीपाउने भनिएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीतथा गृहमन्त्रीभइसकेका छन् । अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवातथा खेलकुद मन्त्रालय पाउने भनिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्जासहित २ मन्त्रालय लिएर सरकारमा जानेछ । जनता समाजवादी पार्टी (जसपा) सहरी विकास र अर्को एक मन्त्रालयपाउनेछ । जनमत, नागरिकले  मन्त्रालय लिएर सरकारमा जानेछन् ।

सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा छलफल जारी छ । प्रचण्डलाई प्रधानमन्त्रीबनाउँदाएमालेले पाँचै वर्ष राष्ट्रपति लिने, उपराष्ट्रपति माओवादीले लिने, सभामुखमाएमाले र माओवादीले आलोपालो गर्ने र उपसभामुखमाओवादीले लिने सहमतिभएको नेताहरु बताउँछन् । तर, विश्वासको मत दिनकांग्रेस सहितकादलहरु आएपछि यो विषयमा सत्ता साझेदार दलहरुको साझाधारणा तय हुननसकेको हो । तर, एमाले नेताहरु विगतको सहमतिअनुसार नै अगाडि बढिने बताउँछन् ।
समग्र विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिने दलहरुको बैठक बोलाएका छन् । उक्त बैठकले संवैधानिक पदहरुका विषयमा एउटा निष्कर्ष दिने माओवादी नेताहरुको जवाफ छ ।

प्रकाशित: ३ माघ २०७९ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast