कस्तो छ फिल्म ‘परान’ को व्यापार?

हिमाल प्रेस २१ कार्तिक २०८२ ९:३४
6
SHARES
कस्तो छ फिल्म ‘परान’ को व्यापार?

काठमाडौँ- बाबुछोराको सम्बन्धमा आधारित फिल्म ‘परान’ ले भावनात्मक रूपमा दर्शकको मन जितिरहे पनि बक्स अफिसमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन।

गत शुक्रबार रिलिज भएको फिल्मले आइतबारसम्म मध्यमस्तरको कमाइ मात्र गरेको छ। हलमा दर्शकको भावनात्मक प्रतिक्रिया बलियो देखिए पनि टिकट बिक्रीको ग्राफ त्यसअनुसार उकासिएको छैन।

फिल्मको प्रदर्शनपछि सामाजिक सञ्जालमा दर्शकका प्रतिक्रियाले फिल्मप्रतिको चासो बढाएको छ। हलभित्रै रोएका दर्शकका भिडियोहरू टिकटक र फेसबुकमा भाइरल बनेका छन्।

फिल्मका मुख्य कलाकार नीर शाहको अभिनय र कथाको गहिराइको चर्चा छ। तर हलको ओक्युपेन्सी औसतमै सीमित छ। फिल्म विश्लेषकहरूका अनुसार प्रचारप्रसार र शो व्यवस्थापन सुदृढ गरे मात्र फिल्मले आगामी हप्तामा बक्स अफिसमा सुधार देखाउन सक्छ।

परिवार केन्द्रित विषयवस्तु, सशक्त अभिनय र भावनात्मक प्रस्तुतीकरणका कारण ‘परान’ ले दर्शकको मन छुने सम्भावना भने कायम राखेको छ।

प्रकाशित: २१ कार्तिक २०८२ ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast