काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को राजनीतिक संवाद समितिले बिहीबार काठमाडौँमा ‘जेनजी अगुवाहरूसँग अन्तरसंवाद’ कार्यक्रम गरेको छ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेसपा (नयाँ शक्ति) संयोजक दुर्गा सोबसहित डा.जनक शाह, सोनाम सिङ स्याङ्तान, जीएस गुरुङ, मानुषी यमि भट्टराई, रुपनारायण श्रेष्ठलगायत नेताहरू सहभागी थिए।
अन्तरसंवाद कार्यक्रममा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि युवाको धारणा, दृष्टिकोण र राजनीतिक चेतनाबारे विस्तृत छलफल गरिएको थियो।
जेनजी पुस्ताका युवाले शासकीय स्वरूप, सुशासन र राजनीतिक दलभित्र पुस्तान्तरणजस्ता विषयहरू उठाएका थिए।
यस्तो छ कार्यक्रमका केही तस्बिरहरू

प्रकाशित: २० कार्तिक २०८२ १३:१२
प्रतिक्रिया



