उम्मेदवारको उमेर २१ वा १८ वर्ष र मतदाताको उमेर १६ वर्षमा झारौँ : भट्टराई

हिमाल प्रेस १८ कार्तिक २०८२ १३:१४
28
SHARES
उम्मेदवारको उमेर २१ वा १८ वर्ष र मतदाताको उमेर १६ वर्षमा झारौँ : भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मतदाताको उमेर १६ वर्षमा झार्ने प्रस्ताव गरेका छन्। आज उनले सामाजिक सञ्जालमार्फत पछिल्लो पुस्ताको राजनीतिक सहभागिता सुनिश्चित गर्न तत्काल आवश्यक कानुनी तथा नीतिगत परिवर्तन गर्न आग्रह गरेका हुन्।

उनले युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनपछि अब जेनजी लगायतका युवापुस्ताले निर्वाचनमार्फत नेतृत्व लिनसक्ने वातावरण बनाउनुपर्ने बताए। ‘मतदाता सूचीमा बेलैमा नाम दर्ता गर्नु पहिलो कदम हो’ भट्टराईले लेखेका छन्’ ‘नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाले पछुताउनुपर्ने अवस्था आउन सक्छ।’

मतदाताको उमेरसँगै उम्मेदवार बन्ने उमेरसम्बन्धी व्यवस्था पनि पुनरावलोकन गर्न उनको माग छ। वर्तमान २५ वर्षको उमेरहद घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

भट्टराईका अनुसार पछिल्लो आन्दोलनमा महत्त्वपूर्ण भूमिकामा रहेका जेनजी युवालाई आसन्न निर्वाचनबाट टाढा राख्नु अन्याय हुने छ। ‘जसको बिहे उसैलाई नजिक नल्या’ भन्ने उखान जस्तै हुने उनले बताएका छन्।

देशविदेशमा रहेका नेपालीले नियमअनुसार समयमै मतदाता नामवलीमा नाम दर्ता गर्न भट्टराईले विशेष जोड दिएका छन्।

प्रकाशित: १८ कार्तिक २०८२ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast