‘शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर गरिएको नरसंहारको निष्पक्ष छानबिन हुनुपर्छ’

हिमाल प्रेस १४ कार्तिक २०८२ १७:१८ | Friday, October 31, 2025
30
SHARES
‘शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर गरिएको नरसंहारको निष्पक्ष छानबिन हुनुपर्छ’

काठमाडौँ- नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले जेनजी आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताएका छन्।

प्रगतिशील पत्रकार संघले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर नरसंहार गरेको भन्दै त्यसको निष्पक्ष छानबिन र कारबाही आवश्यक रहेको बताएका हुन्।

उनले जेनजी आन्दोलन नेतृत्वविहीन हुँदा त्यसले अर्कै रूप लिएको पनि बताए। जेनजी आन्दोलनपछि गरिएको संसद् विघटन असंवैधानिक भएको भन्दै सिंहले अदालतले पुनर्स्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे। उनले संसद् पुनर्स्थापना नभएर निर्वाचन हुने वातावरण बने आफूहरूको समर्थन रहने बताए।

सिंहले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको समेत उल्लेख गरे।

प्रकाशित: १४ कार्तिक २०८२ १७:१८ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast