घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

हिमाल प्रेस १४ कार्तिक २०८२ ५:५३ | Friday, October 31, 2025
10
SHARES
घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

काठमाडौँ- भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ।

विभागले एक सूचनामार्फत रु तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ।

अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। विभागको सूचनाअनुसार एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले रु पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले रु १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ।

सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो। राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो।

प्रकाशित: १४ कार्तिक २०८२ ५:५३ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast