भारतीय क्रिकेटर श्रेयस अय्यर आईसीयूमा

हिमाल प्रेस ११ कार्तिक २०८२ ७:५१
18
SHARES
भारतीय क्रिकेटर श्रेयस अय्यर आईसीयूमा

काठमाडौँ- भारतीय क्रिकेट टोलीका ब्याटर श्रेयस अय्यर हाल अस्ट्रेलियाको सिड्नीस्थित अस्पतालमा उपचाररत छन्। गम्भीर चोटका कारण अस्पताल भर्ना भएका उनको अवस्था स्थिर भए पनि उनी कहिले डिस्चार्ज गर्ने भन्नेबारे अनिश्चित छ।

अहिले उनलाई आईसीयूमा राखिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अय्यरको चोटबारे भनेको छ,‘अय्यरलाई अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा उनको देब्रेतिरको तल्लो करङमा चोट लागेको थियो। त्यसपछि उनलाई थप परीक्षणका लागि अस्पताल लगिएको थियो। परीक्षण गर्दा उनको फियोमा चोट देखिएको छ। अहिले उनको उपचार भइरहेको छ र उनको अवस्था स्थिर छ। भारतीय बोर्डको मेडिकल टिमले सिड्नी र भारतका विशेषज्ञहरूसँगको सल्लाहमा उनको चोटको अवस्थालाई नजिकबाट नियालिरहेको छ। भारतीय टिमका डाक्टर श्रेयससँगै सिड्नीमा बसेर उनको दैनिक स्वास्थ्य अवस्थाको निगरानी गर्नेछन्।’

श्रेयसलाई अस्ट्रेलियाका एलेक्स क्यारीको क्याच लिने क्रममा चोट लागेको थियो। उनी पोइन्टबाट पछाडि दौडिँदै गएर क्याच लिएका थिए।

चोट लाग्नेबित्तिकै उनले आफ्नो करङमा समातेर मेडिकल सहायता मागेका थिए। त्यसपछि उनलाई मैदानबाट बाहिर लगिएको थियो। त्यस दिन उनी अस्ट्रेलियाको इनिङ्सभर मैदानमा फर्किएका थिएनन्।

अब उनी कहिले खेलमा फर्कन सक्छन् भन्ने स्पष्ट छैन। भारतले तेस्रो एकदिवसीय खेल नौ विकेटले जिते पनि पहिलो दुई खेल पर्थ र एडिलेडमा खेल्दा पराजय भोगेको थियो। जसका कारण तीन खेलको शृंखला भारतले २-१ ले गुमाएको थियो।

प्रकाशित: ११ कार्तिक २०८२ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast