तस्बिरमा गौरीघाटको छठ

माला खनाल १० कार्तिक २०८२ १८:५२ | Monday, October 27, 2025
तस्बिरमा गौरीघाटको छठ

काठमाडौँ- राजधानी काठमाडौँमा पनि छठ पर्व मनाइएको छ। सोमबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ। यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ। भजन एवं भक्ति संगीतले पशुपति क्षेत्रको वागमती नदी किनारको वातावरण मेलामय बनेको छ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ। यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ।

आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका वर्तालु मंगलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।

प्रकाशित: १० कार्तिक २०८२ १८:५२ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast