काठमाडौँ- यस वर्ष दसैँको अवसरमा असोज १३ मा एकैसाथ तीन फिल्म प्रदर्शन भएका थिए। ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’। यी फिल्म अहिले सीमित हलमा मात्र प्रदर्शन भइरहेको छ। अधिकांश हलले फिल्म उतारि सकेको छ।
यसैबीच चलचित्र विकास बोर्डले कार्तिक ८ गतेको मध्यराति ११ः ५९ सम्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। जसमा सबैभन्दा धेरै फिल्म ‘बलिदान’ ले कमाएको छ। फिल्मले पाँच करोड सात लाख ३१ हजार तीन सय ५२ रुपैयाँ कलेक्सन गरेको छ।
दोस्रो नम्बरमा फिल्म ‘हरिबहादुरको जुत्ता’ रहेको छ। फिल्मले चार करोड ७० लाख ४३ हजार आठ सय ८७ रुपैयाँ कमाएको छ। त्यस्तै ‘माइतीघर’ ले चार करोड १२ लाख १७ हजार दुई सय आठ रुपैयाँ कमाएको छ।
त्यस्तै, विकास बोर्डले असोज ३१ देखि प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ को पनि कमाइ सार्वजनिक गरेको छ, जसमा फिल्मले अहिलेसम्म छ करोड ५१ लाख ४६ हजार पाँच सय १ रुपैयाँ कमाएको छ।



