भूराजनीतिक शक्ति सन्तुलनले जेनजी आन्दोलनमा जोगियौँ : प्रचण्ड

हिमाल प्रेस २४ असोज २०८२ १७:०४ | Friday, October 10, 2025
भूराजनीतिक शक्ति सन्तुलनले जेनजी आन्दोलनमा जोगियौँ : प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताएका छन्।

शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालीन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिनँ भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताएका हुन्। आफुहरु उक्त प्रक्रियाको साक्षी भएको उनले उल्लेख गरे।

प्रचण्डले जेनजी आन्दोलनका क्रममा भूराजनीतिक शक्ति सन्तुलनले आफूहरु बचेको र धेरै ठूलो क्षति पनि भू–राजनीतिक चलखेल कै कारण भएको जिकिर गरे।

उनले युवा पुस्तालाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिबाट चुनावका साथै संविधान संशोधनका लागि सबै राजनीतिक दलहरु एक हुनुपर्ने भए पनि अहिले पनि त्यस्तो अवस्था नदेखिएको बताए।

देशको संकट समाधानका साथै निर्वाचन सफल पार्नका लागि सबै एकजुट हुनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

प्रचण्डले जनेजी आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २४ असोज २०८२ १७:०४ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast