अनेरास्विवयू रूपन्देहीले दियो बालेन र सुदनविरूद्व किटानी जाहेरी

हिमाल प्रेस २४ असोज २०८२ १६:१३ | Friday, October 10, 2025
अनेरास्विवयू रूपन्देहीले दियो बालेन र सुदनविरूद्व किटानी जाहेरी

बुटवल– अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा किटानी जाहेरी दिएको छ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनको दुरुपयोग गरी रूपन्देहीमा क्षति गराएको भन्दै अनेरास्ववियूले किटानी जाहेरी दिएको हो।

जिल्लाभित्रका विभिन्न भौतिक संरचना, सरकारी भवनहरु, कार्यालयहरु, कागजातहरु तथा व्यक्तिगत भवन तथा चल अचल सम्पत्तिहरु ध्वस्त, नष्ट हुने गरी तोडफोड, लुटपाट र आगजनी जस्ता कार्यमा विद्यार्थीहरु तथा युवाहरुलाई उकास्ने काम गरी निर्दोष युवा–विद्यार्थी, सर्वसाधरणको ज्यान समेत जाने गरी मुठभेठमा संलग्न गराई हत्या गरेको जाहेरीमा उल्लेख गरिएको छ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष अर्जुन गैरेसहितको जिल्ला नेतृत्वले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रदिपकुमार क्षेत्रीलाई किटानी जाहेरी बुझाएको हो।

जाहेरी बुझ्दै प्रहरी जिल्ला प्रमुख क्षेत्रीले आफूहरूले अनुसन्धानका लागि प्रक्रियाअघि देशको सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने कुरामा साथ दिन आग्रह गरेका थिए।

प्रकाशित: २४ असोज २०८२ १६:१३ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast