
काठमाडौँ- गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करिब १४ हजार ७०० र त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ६५२ गरी १५ हजार ३५२ उत्तरपुस्तिका जलेका छन्।
सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका उत्तरपुस्तिका जलेका हुन्।
कोशी प्रदेशका पाँच र बागमती प्रदेशका १८ परीक्षा केन्द्रका उत्तरपुस्तिका पूर्णरूपमा जलेका छन्। जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा ४ मंसिरदेखि गर्ने सीटीईभीटीले तयारी गरेको छ।
सीटीईभीटीका प्रवक्ता आचार्यका अनुसार कार्यालय, परीक्षा नियन्त्रक र प्रशासनबीच पुनः परीक्षा गर्ने सहमति भएको छ।
त्रिविको स्नातक दोस्रो वर्षको आंशिक र मौका परीक्षाका तीन परीक्षा केन्द्रका उत्तरपुस्तिका पनि जलेका छन्। परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार यसका लागि पनि छिट्टै पुनः परीक्षाको सूचना जारी गरिनेछ।
जलेका उत्तरपुस्तिकाहरूको विवरण