इजरायल र हमास सम्झौतामा हस्ताक्षर गर्न तयार

हिमाल प्रेस २३ असोज २०८२ १६:३०
6
SHARES
इजरायल र हमास सम्झौतामा हस्ताक्षर गर्न तयार गाजाको मध्य भागस्थित अल बलाह नजिकै अलजवायदामा रहेको शिविरबाहिरको वितरण केन्द्रबाट पिउने पानी लिएर फर्किंदै १४ वर्षका विस्थापित प्यालेस्टिनी बालक। तस्बिर : एएफपी/रासस

काठमाडौँ- इजरायल र हमास गाजामा बाँकी रहेका सबै बन्धकलाई मुक्त गर्ने सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजामा जारी दुई वर्ष लामो युद्ध अन्त्य गर्ने योजनाको एक अंश हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार साँझ घोषणा गरेको सम्झौताको पहिलो चरणले हजारौँ मानिसको ज्यान लिने, गाजालाई ध्वस्त पार्ने र पूरै मध्यपूर्वमा संघर्ष निम्त्याउने युद्ध अन्त्य गर्ने उनको प्रयासमा महत्त्वपूर्ण प्रगति देखाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौता अनुमोदनका लागि बिहीबार मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। उग्र दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले भने सम्झौताविरुद्ध मतदान गर्ने बताएका छन्।

वार्ताबारे जानकारी प्राप्त व्यक्तिहरूका अनुसार सम्झौता इजरायली सरकारले अनुमोदन गरेको करिब ७२ घण्टापछि ४८ जना बन्धक मुक्त गरिने अपेक्षा गरिएको छ। तीमध्ये २० जना जीवित रहेको विश्वास छ।

सम्झौताअनुसार इजरायलले करिब दुई हजारजना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ र घेराबन्दी गरिएको गाजामा मानवीय सहायता बढाउनेछ। साथै इजरायली सेना गाजामा अग्रपंक्तिबाट फिर्ता लिनेछ, जुन क्रमिक पुनःस्थापनाको पहिलो चरण हुने समाचारमा उल्लेख छ।

इजरायल र हमासबीच बन्धक मुक्तिको सम्झौता, ट्रम्पको शान्ति योजनाको पहिलो चरण लागू

प्रकाशित: २३ असोज २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast