माइतीघर बानेश्वर क्षेत्रमा प्रहरी परिचालन

हिमाल प्रेस २३ असोज २०८२ ११:१३
22
SHARES
माइतीघर बानेश्वर क्षेत्रमा प्रहरी परिचालन

काठमाडौँ- माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्र अहिले कडा सुरक्षा निगरानीमा रहेको छ। उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। हालै जेनजी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो।

त्यसको प्रतिक्रिया स्वरूप नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध पनि जाहेरी दर्ता गरेको छ।

जेनजी समूहले दिएको जाहेरी उच्चस्तरीय छानबिन आयोगमा पठाइएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दर्ता गर्ने क्रमसँगै माइतीघर क्षेत्रमा टाँगिएका ब्यानर हटाउने र नयाँ ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती थपिएको हो। त्यसपछि प्रहरी प्रशासनले माइतीघर बानेश्वर क्षेत्रमा विशेष सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित: २३ असोज २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast