
काठमाडौँ- दसैँको अवसरमा प्रदर्शनरत फिल्म ‘माइतीघर’ ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले बुधबार असोज १३ देखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरण गरेको हो।
बोर्डको विवरणअनुसार ‘बलिदान’ ले ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ कलेक्सन गरेको छ।
‘हरिबहादुरको जुत्ता’ ले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ कमाएकाे छ।
त्यस्तै, ‘माइतीघर’ ले २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ कमाएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २२ असोज २०८२ १६:२६
प्रतिक्रिया