मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

हिमाल प्रेस २९ पुष २०७९ १४:४९ | Friday, January 13, 2023
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

जनकपुरधाम– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले शपथ ग्रहण गरेलगतै पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री यादव सहिदद्वारमा सहिदहरूको सालिकमा माल्यार्पणका लागि पुगेका थिए।

जनकपुरधामस्थित सहिदद्वारमा सहिदहरूको तस्बिरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन्। मुख्यमन्त्री यादवलाई कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराए।

पदभार ग्रहण गरेपश्चात उनले पहिलो निर्णय गर्दै प्रदेशको इगवर्नेन्स मास्टर प्लान तयार पार्ने बताएका छन्। मधेश प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतीय संजालसंग जोड्ने गरी इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको हो।

नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशभित्र रहेका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्न निर्देशनसमेत दिएका छन्।

प्रकाशित: २९ पुष २०७९ १४:४९ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast