कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

हिमाल प्रेस १४ असोज २०८२ १२:१६ | Tuesday, September 30, 2025
कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका
महोत्तरी– जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ।
कारागार कार्यालय जलेश्वरले सूचना जारी गर्दै कारागारबाट भागेका सबै कैदीबन्दीलाई असोज २० गतेसम्म फर्की आउन अनुरोध गरेको जेलर अशोक क्षेत्रीले बताए।
साथै तोकिएको अवधिभित्र फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुनबमोजिम कारबाही हुने जेलर क्षेत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।
कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचनामा उल्लेख गरिएको छ।
गत भदौ २४ गते कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै ५७६ जना फरार भएकामा मंगलबार बिहानसम्म २६२ जना फिर्ता आइसकेको क्षेत्रीले बताए।
प्रकाशित: १४ असोज २०८२ १२:१६ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast