उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

हिमाल प्रेस १२ असोज २०८२ १५:२३ | Sunday, September 28, 2025
उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते सांकेतिक तस्बिर।

काठमाडौँ– अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९ः३० बजे मानिसहरुको भीडमा गोली चलाएको सहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताएका छन्।
उनका अनुसार शंकास्पद व्यक्तिलाई सोधपुछ गरिएको थियो।

साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताएका छन्।

यसअघि सामाजिक सञ्जालमा साउथपोर्ट अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन र अनुसन्धान भइरहेको समयमा घरमै बस्न आग्रह गरेका थिए।

प्रकाशित: १२ असोज २०८२ १५:२३ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast