नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित रायमाझी कारागार फर्किए

हिमाल प्रेस ७ असोज २०८२ १३:२८
16
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित रायमाझी कारागार फर्किए

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित टोपबहादुर रायमाझी दुई सातापछि कारागार फर्किएका छन्। जेनजी आन्दोलनको प्रदर्शनका क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट निस्केका उनी मंगलबार स्वेच्छाले फर्किएको कारागार स्रोतले जनाएको छ।

रायमाझीसहित सुन्धारा कारागारबाट मात्र ३३ सय कैदीबन्दी निस्केका थिए भने देशभरका विभिन्न कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी निस्केका थिए। हालसम्म करिब आधाजसो कैदीबन्दी फर्किसकेका छन्।

रायमाझीविरुद्ध नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुद्दा दायर भएको छ। काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा छन्।

सोही प्रकरणमा संलग्न रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सुन्धारा कारागारबाट निस्केका थिए तर उनी फर्किएका छैनन्।

त्यसैगरी ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपित चुडामणि उप्रेती ‘गोरे’ पनि कारागार फर्किएका छन्। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनीसहितका कैदीहरू सुन्धारा कारागारबाट भागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast