जेनजी आन्दोलन : भागेकामध्ये छ हजार ९८४ कैदी फर्किए, ७ हजार ५७२ कैदीबन्दी अझै फरार

हिमाल प्रेस ७ असोज २०८२ ६:५२
10
SHARES
जेनजी आन्दोलन : भागेकामध्ये छ हजार ९८४ कैदी फर्किए, ७ हजार ५७२ कैदीबन्दी अझै फरार डिल्ली बजार कारागारमा जेल तोड्न खोज्ने कैदीलाई नियन्त्रणमा लिँदै नेपाली सेना।

काठमाडौँ- ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन्।

पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए। कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका छन्।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए।

फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ। ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए।

कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन्। बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए।

प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ। दश जना कैदीबन्दीको भने मृत्यु भएको छ। रासस

 

प्रकाशित: ७ असोज २०८२ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast