यस्तो बन्यो ‘बलिदान’ को ट्रेलर

हिमाल प्रेस ३ असोज २०८२ ११:१८
18
SHARES
यस्तो बन्यो ‘बलिदान’ को ट्रेलर

काठमाडौँ-  फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युुट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरको सुरुवातमा आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी देखिन्छ।

अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत भएकी छन्। उनले छोरासँग, ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्’ भन्दै वचन लिएकी छन्।

यसपछि अभिनेता समीर भट्टको प्रवेशसँगै उनले उच्च स्वरमा घोषणा गर्छन्- ‘मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु।’ यो संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन्। उनका लडाइँका दृश्यहरू यति तीव्र छन् कि लाग्छ उनले आफ्नो सम्पूर्ण शक्ति स्क्रिनमा पोखिदिएका छन्।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। अभिनेता मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा उभिएको छ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो। निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको थियो।

निर्देशक सेनले यसअघि नै ‘बलिदान’ केवल फिल्म नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताइसकेका छन्। यसै बीचमा फिल्मको शीर्ष गीत ‘यो ज्यान बलिदान’ चर्चामा छ। गीत सुजन चापागाईंको स्वर र संगीत, हर्क साउदको शब्दमा बनेको हो।

आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। फिल्म यही असोज १३ मा प्रदर्शन हुनेछ।

ट्रेलर भिडियो

प्रकाशित: ३ असोज २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast