आजको राशिफल : को बन्नेछ भाग्यशाली, कसलाई स्वास्थ्यमा ध्यान दिनुपर्ने?

हिमाल प्रेस ३ असोज २०८२ ५:४४
14
SHARES
आजको राशिफल : को बन्नेछ भाग्यशाली, कसलाई स्वास्थ्यमा ध्यान दिनुपर्ने?

आज मिति २०८२, असाेज ३ गते शुक्रबार। असोज कृष्ण त्रयोदशी। पञ्चाङ्ग सिद्ध गर अश्लेषा। तदनुसार २०२५ सेप्टेम्बर १९। आज पाथीभरा देवीको दर्शन गर्ने उपयुक्त दिन पनि हो। यो राशि जो.जगदीष सुवेदीले तयार गरेका हुन्।

मेष

तपाईंलाई भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

वृष

व्यवसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

मिथुन

शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।

कर्कट

व्यवसाय जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।

सिंह

धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापारबाट लाभ मिल्नेछ।

कन्या

धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइँको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन्।

तुला

अरुले विश्वास गर्नेछन्। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन्।

वृश्चिक

सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

धनु

सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।

मकर

अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।

कुम्भ

नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।

मीन

अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरु सुचारु हुनेछन्। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।

प्रकाशित: ३ असोज २०८२ ५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast