दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

हिमाल प्रेस १ असोज २०८२ १७:२० | Wednesday, September 17, 2025
दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ- जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन्। टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारीसाधन जलेको उनको भनाइ छ।

त्यसैगरी १३३ पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए। उनका अनुसार उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसहित तीनवटा निजी मोटसाइकल जलेर नष्ट भएका छन्।

तुलसीपुर उपमहानगरमा ६ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन्। घोराही उपमहानगरमा दुईवटा गाडी र सात वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँच वटा मोटरसाइकल जलेका छन्।

लोकसेवा आयोग तुलसीपुरका दुईवटा गाडी र मोटरसाइकल पाँच वटा जलेका छन्। बबई गाउँपालिकाका ९ मोटरसाइकलमध्ये ६ वटा सरकारी र तीन वटा निजी रहेका छन्। जिल्ला समन्वय समितिका तीन गाडी र १८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन्।

जिल्ला ट्राफिक कार्यालय दाङका दुईवटा गाडी, २९ मोटरसाइकल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका एक थान गाडी र आठ वटा सरकारी मोटरसाइकल जलेर नष्ट भएका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए।

भू तथा जलाधार संरक्षण कार्यालय तुलसीपुर, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग तथा पूर्वाधार कार्यालयसहित जिल्लामा दुई दर्जन बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन्। त्यसैगरी ३४ भन्दाबढी संरचना क्षतिग्रस्त भएका छन्।

प्रकाशित: १ असोज २०८२ १७:२० | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast