पूर्वप्रधानमन्त्री खनाल पत्नी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख

हिमाल प्रेस १ असोज २०८२ १५:२८
26
SHARES
पूर्वप्रधानमन्त्री खनाल पत्नी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ- जेनजी प्रदर्शनका क्रममा घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आईसीयु) मा खनाल पत्नी चित्रकारको उपचार भइरहेको छ।

घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेका जलनविज्ञ डा. कीरण नकर्मीले भने,‘अस्पतालमा ल्याउँदाको अवस्थाभन्दा सुध्रिएको छ, हामीले हरसम्भव प्रयास गरिरहेका छौँ।’

डा.नकर्मीका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिने र अवस्था हेरेर त्यसपछिका उपचार प्रक्रियाअघि बढाइने छ।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले भने,‘पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै चिकित्सकहरूले उपचार गरिरहेको जानकारी पाएका छौँ। आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास पास भई समस्या देखिएको र देब्रेहातमा गम्भीर जलन भएको भनिएको छ।’

फोक्सोमा हानिकारक ग्यास भरिएका कारण शल्यक्रिया गर्नुअघिको ‘एनेस्थेसिया’ (बेहोस पार्ने) विधि अपनाउन नपाउँदा समस्या सिर्जना भएको नेता खनालले जानकारी दिए।

लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढंगले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा उनले दुःख व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast