गाजामाथि नियन्त्रण गर्ने इजरायली अभियानको कतारद्वारा निन्दा

हिमाल प्रेस १ असोज २०८२ १५:१३ | Wednesday, September 17, 2025
गाजामाथि नियन्त्रण गर्ने इजरायली अभियानको कतारद्वारा निन्दा

काठमाडौँ- कतारले गाजामा नियन्त्रण स्थापित गर्ने उद्देश्यले इजरायलले थालेको स्थल आक्रमणको निन्दा गरेको छ। कतारका विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायली आक्रमणको निन्दा गरेको हो।

विज्ञप्तिमा भनिएको छ,‘कतारले गाजामा नियन्त्रण गर्ने नाममा इजरायलले सुरू गरेको स्थल आक्रमणको कडा निन्दा गर्दछ। कतारले यसलाई भ्रातृसमान प्यालिस्टिनी जनताविरूद्धको युद्ध, नरसंहारको विस्तार र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघनका रूपमा लिन्छ।’

इजरायलले शान्तिका सम्भावनालाई योजनाबद्ध ढंगले कमजोर बनाउन काम गरिरहेको कतारको विदेश मन्त्रालयले भनेको छ। इजरायलको यो कदम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा रहेको बताउँदै उसले यसलाई रोक्न अन्तर्राष्ट्रिय एकतामाथि जोड दिएको छ।

कतराले ‘दुई राष्ट्र समाधान’ को पक्षमा आफ्नो अडान दोहोर्‍याएको छ।

यसैबीच इजरायलले गाजा सहरमा भीषण बमबारी गरेको छ। इजरायली सेनाले गाजा सहरमा नियन्त्रण कायम गर्ने उद्देश्यले स्थल आक्रमण सुरू गरिएको पुष्टि गरेको छ। यसपछि हजारौँ परिवार गाजा सहर छोड्दै विस्थापित भएका छन्।

प्रकाशित: १ असोज २०८२ १५:१३ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast