पाकिस्तानमा सैन्य कारबाहीमा ३१ विद्रोहीको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८२ २१:१८ | Monday, September 15, 2025
पाकिस्तानमा सैन्य कारबाहीमा ३१ विद्रोहीको मृत्यु

काठमाडौँ– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा परी कम्तीमा ३१ ‘विद्रोही’ को मृत्यु भएको सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार लक्की मरवात र बन्नू जिल्लामा गत हप्ताको अन्त्यमा कारबाही गरिएको थियो।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बल र विद्रोहीबीच लक्की मारवतमा भएको भीषण गोलीबारीमा १४ विद्रोहीको मृत्यु भएको छ।’

बन्नू जिल्लामा भएको छुट्टै भिडन्तमा थप १७ जना विद्रोहीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

आईएसपीआरले भनेको छ, ‘दुबै कारबाहीहरू प्रतिबन्धित संगठनसँग सम्बन्धित लडाकूको उपस्थितिको बारेमा प्राप्त भएको गोप्य सूचनाका आधारमा गरिएको र कारबाहीको क्रममा हतियार र गोला बारुद पनि बरामद गरिएको थियो।’

कुनै पनि बाँकी खतरालाई हटाउन दुवै क्षेत्रमा सरसफाइ अभियान जारी रहेको सेनाले जनाएको छ। सेनाले पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतंकवादको उन्मूलन गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्‍याएको छ।

प्रकाशित: ३० भदौ २०८२ २१:१८ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast