काठमाडौँ– जेनजी आन्दोलनमा मारिएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ राहत दिइने भएको छ। प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरेर राहत उपलब्ध गराइने भएको हो।
नेपाल प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा कर्तव्य पालनाका सिलसिलामा मृत्युवरण गरेका प्रहरीका परिवारजनलाई राहत उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ।
प्रकाशित: ३० भदौ २०८२ १९:४१ | Monday, September 15, 2025
प्रतिक्रिया




