शिक्षण अस्पतालमा २८ शव पोस्टमार्टम, २३ आफन्तले बुझे

हिमाल प्रेस ३० भदौ २०८२ १६:१७ | Monday, September 15, 2025
शिक्षण अस्पतालमा २८ शव पोस्टमार्टम, २३ आफन्तले बुझे

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको पोस्टमार्टम सकिएको छ। अस्पतालमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण भइरहेको छ।

हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा.गोपाल चौधरीले जानकारी दिए।

उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट परीक्षण गरिन्छ।

डा.चौधरीले भने,‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन्। पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ।’ अस्पतालमा हाल २२ जना उपचाररत छन्।

प्रकाशित: ३० भदौ २०८२ १६:१७ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast