काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन

हिमाल प्रेस २८ भदौ २०८२ १५:०१ | Saturday, September 13, 2025
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन फाइल तस्बिर।

काठमाडौँ– जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ।

काठमाडौँ उपत्यकामा शनिबार सार्वजनिक बस, ट्याक्सीलगायतका सवारीसाधन बिहानैदेखि चलिरहेका छन्। जेनजीको प्रदर्शनका कारण गत मंगलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले भने, ‘शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए। बिहानदेखि बाक्लो संख्यामा चलेका छन्। यात्रुहरुको चहल पहल बढेको देखिन्छ।’

त्यसैगरी चितवनतर्फबाट सार्वजनिक बसहरु काठमाडौँका लागि प्रस्थान गरेकाले काठमाडौँबाट बाहिरी जिल्लामा जाने सवारीसाधन साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

गत मंगलबारदेखि उपत्यकालगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए। शनिबार बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो।

प्रकाशित: २८ भदौ २०८२ १५:०१ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast