पोखरामा आज राति ७ बजेदेखि कर्फ्यु

हिमाल प्रेस २७ भदौ २०८२ १८:५१ | Friday, September 12, 2025
पोखरामा आज राति ७ बजेदेखि कर्फ्यु

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले आज शुक्रबार राति ७ बजेदेखि पुनः कर्फ्यु आदेश जारी गरेको छ। पोखरा महानगरपालिका क्षेत्रभित्र राति ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो।

यहाँ बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी थियो। हाल देखिएको घटनाक्रमबाट सम्भावित विरोध, प्रदर्शन, तोडफोड, हुलदंगाका कारण शान्ति सुव्यवस्थालाई मध्येनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आदेशमा उल्लेख गरेकी छन्।

यस अवधिमा निषेधित क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन। तर एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालनमा रोकतोक हुने छैन।

साथै शनिबार बिहान ५ बजेदेखि ५ घण्टाका लागि अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ।

प्रकाशित: २७ भदौ २०८२ १८:५१ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast